नियम १३
अन्य शर्त तथा सुविधा
(१) परिच्छेद २ मा लेखिएदेखि बाहेक कर्मचारीका अन्य शर्त तथा सुविधा निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० वमोजिम हुनेछ ।
(२) उपनियम (१) वमोजिम सचिवले कर्मचारीलाई प्रदत्त सुविधा दिने सम्वन्धमा निर्णय गर्नुपूर्व त्यस्तो कर्मचारीले त्यसअघि त्यस्तो सुविधा उपयोग गरे नगरेको अभिलेख तथा कागजात भिडाई एकिन गरेर मात्र निर्णय गर्नु पर्नेछ ।
(३) उपनियम (२) वमोजिम निर्णय गर्ने क्रममा सम्बद्ध कर्मचारीको व्यक्तिगत अभिलेख लगायतका सम्बद्ध कागजात तथा विवरण उपलब्ध गराउने जिम्मेवारी नियम ६ को उपनियम (१) वमोजिमको अधिकारीको हुनेछ ।